नेपाल सरकार

कृषि, वन तथा पर्यावरण मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला

त्रिपुरेश्वर,काठमाण्डौ

Nepal Flag
२०८३ जेठ २७ गते

परिचय

नेपालमा पशुपंक्षीमा लाग्ने विभिन्न रोगहरुका कारण पशु उत्पादन, जन स्वास्थ्य र पशु तथा पशुजन्य पदार्थको व्यापारमा प्रतिकूल असर परिरहेको छ भने पशु रोग नियन्त्रण र उन्मुलनका लागि गुणस्तरीय र विश्वसनिय खोपहरुको स्वदेशमै उत्पादन व्यवस्था हुनु पर्ने आवश्यकता छ। प्रारम्भमा गौंगोटी रोगको नियन्त्रण र उन्मुलनको सिलसिलामा सन् १९६३ मा रोग निदान प्रयोगशालाको स्थापना भयो जसको मुख्य लक्ष्य पशुपंक्षिहरुको रोग पहिचान गर्नु र गौंगोटि रोग उन्मुलनको लागि बाख्राको टिष्युबाट भ्याक्सीन उत्पादन गर्नु थियो।सन् १९६७ बाट यस प्रयोगशालाले एच.एस. भ्याक्सीन साथै सन् १९६८ बाट रानीखेत र फावल पक्स भ्याक्सीन उत्पादन सुरु गर्यो।सन् १९७१ मा यस प्रयोगशालालाई भिन्न प्रयोगशालाको रुपमा विकास गरी जैविकी उत्पादन प्रयोगशालाको रुपमा स्थापित गरियो ।

सुरुमा यस जैविकी उत्पादन प्रयोगशालाले थोरै मात्रामा भ्याक्सीन उत्पादन गर्थ्यो भने सन् १९८५ पछि पहिलो पशु विकास आयोजनाको सहयोगमा मेशीन र उपकरणहरु थप गरिएपछि उत्पादन बढ्दै गयो। कुखुराको भ्याक्सीनहरु सुरुमा लोकल अण्डाबाट बनाउने गरिन्थ्यो भने सन् १९९७ पछि एस.भि.एस.एल.डि.सि. आयोजनाको आर्थिक सहयोगमा एस.पि.एफ. अण्डाबाट बनाउन थालियो । सन् १९९५ मा पि.पि.आर. रोग नेपालमा देखा परेपछि सो रोग नियन्त्रणको लागि सन् २००० मा यस प्रयोगश... थप पढ्नुहोस्

भिडियो ग्यालरी