नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय
पशु सेवा विभाग

राष्ट्रिय खोप उत्पादन प्रयोगशाला

त्रिपुरेश्वर,काठमाण्डौ

Nepal Flag
२०८२ फागुन २२ गते

उद्देश्य

प्रयोगशालाको उद्देश्य

यस प्रयोगशालाको मुख्य उद्देश्य भनेको भेटेरिनरी व्यासीन तथा जैविक पदार्थको उत्पादनको लागि राष्ट्रिय निकाय (National Institute for Animal Vaccine) को रूपमा काम गर्ने र तत् सम्बन्धी सम्पूर्ण जिम्मेवारी बहन गर्ने रहेको छ । यसको मुख्य कार्यहरू यस प्रकार रहेका छन् :

  • राष्ट्रिय आवश्यकताअनुसार भेटेरिनरी व्यासीन तथा सिरमको आवश्यकताको परिपूर्ति गर्ने

  • उत्पादन भएको खोपको क्षेत्रीय वितरणको व्यवस्था मिलाई कृषकहरूका पशुहरूको संरक्षण गर्ने ।

  • खोपको उत्पादनमा विविधीकरण तथा गुणस्तर सुधार गर्ने ।

  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयोगशालाहरूसँग समन्वय गरी व्यासीन उत्पादन प्रविधिलाई Harmonize तथा Standardize गरी परिमार्जित Production Protocol तयार गर्ने ।

  • व्यासीन तथा सिरम उत्पादन गर्न आवश्यक हिडस्कहरु संरक्षण तथा व्यवस्थापन गर्ने ।

  • व्यासीन तथा सिरम उत्पादन, आयात नियन्त्रणको राष्ट्रिय नीति तथा मापदण्ड तयार गर्न सहयोग गर्ने ।

  • राष्ट्रिय आवश्यकताअनुसार जनस्वास्थ्यसँग सरोकार राख्ने अन्य व्यासीनहरूको उत्पादन गर्ने ।

  • व्यासीन तथा सिरम आपूर्ति व्यवस्था गर्ने ।

  • खोप उत्पादनका नवीनतम प्रविधिहरूको विकास गरी नयाँ खोपहरू उत्पादन गर्ने ।

  • पशु एवं नियमनको लागि आवश्यक जैविक पदार्थहरू उत्पादन गर्ने ।

  • खोपको उत्पादनका लागि आवश्यक कच्चा पदार्थहरूको खरीद तथा संग्रहको व्यवस्था गर्ने ।

  • प्रयोगशालामा जनावरहरूको प्रजनन तथा पालन पोषणको व्यवस्था मिलाउने ।

  • उत्पादित खोपहरूलाई बजार तथा वितरण सञ्जालमार्फत कृषकहरूलाई उपलब्ध गराउने ।

  • देशका विभिन्न स्थानमा खोपको चेन अनुगमन, प्रोटोकल मापन, व्यासीन बुझाउने व्यवस्थापन गर्ने ।